नियम ८८
बेख्जुको लगत राखे
(१) कार्यालयले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएको बेरूजुको लगत अनुसूची-१३ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।
(२) अन्तिम लेखापरीक्षण प्रतिवेदन प्राप भएपछि वा उपनियम (१) बमोजिम लगत राखेपछि आन्तरिक लेखापरीक्षणको लगत कायम हुने छैन।
(३) केन्द्रीय निकायले आफ्नो र मातहतको कार्यालयको बेरूजुको लगत राख्दा फस्यौंट भएको तथा अन्तिम लेखापरीक्षणबाट थप भई आएको बेरूजु विवरण समेत समावेश गरी असुल, नियमित र पेश्की बेरुजुको फस्यौंट अङ्क र बाँकी अङ्क खुलाई अनुसूची-१४ बमोजिमको ढाँचामा विवरण तयार गरी अच्चावधिक गरी राख्नु पर्नछ। यसरी तयार भएको बेरुजु लगतको आधारमा कार्यालयले बेरुजु फस्यौंटको चौमासिक कार्ययोजना बनाई कार्यान्वयन गर्नु पर्नेछ।